आज शुक्रबार सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहिबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सुनको भाउ पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको हो ।
आज चाँदीको भाउ पनि तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ३ सय ७ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













