आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेरर प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ३६ रुपैयाँ तोकिएको छ ।













