Tuesday, June 23, 2026
spot_img

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

spot_img
spot_img

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ । ब्रान्डले भारतीय बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको हो ।

२०१७ मा स्थापना भएको WOW Popcorn सानो घरेलु प्रयासबाट सुरु भएर आज नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भइसकेको छ । आठ वर्षको सफल यात्रापछि कम्पनीले अब अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै, भारतका उपभोक्तासम्म आफ्ना नविन र उच्च गुणस्तरका उत्पादन पुऱ्याउने तयारी गरेको छ ।

WOW Popcorn का संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धर भन्छन् ” ८ वर्ष पूरा गर्नु हाम्रो लागि गर्वको विषय हो, र भारतीय बजारमा प्रवेश गर्नु यसलाई अझ अर्थपूर्ण बनाउँछ । भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो, र त्यहाँ हाम्रो उत्पाद लान पाउँदा हामी उत्साहित छौं । ”

नेपालमा WOW Popcorn ले परम्परागत पपकर्नको सीमाभन्दा बाहिर गएर पाँचभन्दा बढी गोरमेट फ्लेभरहरू प्रस्तुत गर्दै, Cheddar Cheese Butter Scotch, Caramel, Cheddar Cheese & Caramel र Peri Peri जस्ता लोकप्रिय स्वादहरुसहित उपभोक्ताको विश्वास जित्दै आएको छ ।

२०१७ मा स्थापना भएको WOW Popcorn नेपालकै अग्रणी गोरमेट पपकर्न ब्रान्ड हो । साधारण स्न्याकलाई प्रिमियम र साझा गर्न मिल्ने अनुभवमा रूपान्तरण गर्ने उद्देश्यसहित अघि बढिरहेको यो ब्रान्डको भारतीय विस्तार दक्षिण एसियाली गोरमेट स्न्याक बजारमा पहिचान बनाउने दिशामा महत्वपूर्ण कदम हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...

लालीगुराँस र आइडियल यमुना सहकारीका थप ७० जना बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना...

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ...

बुद्धभुमि नेपाल हाइड्रोपावरले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको अन्तिम...

महासंघमा विषयगत समितिको नेतृत्व टुङ्गियो, कसले कुन जिम्मेवारी पाए ?

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति...
spot_img