Monday, August 17, 2026
spot_img

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

spot_img

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा जारी इन्कोटम्र्स २०२० को प्रभावकारिताबारे नेपाल चेम्बर अफ कमर्सले छलफल गरेको छ । चेम्बर अफ कमर्सको ऐतिहासिक हीरक जयन्तीका अवसरमा नेपाल चेम्बर अफ कमर्स आईसीसी डेस्क तथा अन्तराष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी मुुख्यालयको सहकार्यमा चेम्बर पदाधिकारी, बैकर, वित्त विशेषज्ञ र सरोकारवालाबीच छलफल भएको हो ।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल जस्तो भूपरिवेष्ठित र विकासोन्मुुख अर्थतन्त्र भएको मुुलुकका लागि अन्तराष्ट्रिय व्यापारलाई सुुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय, भन्सार विभाग, नेपाल राष्ट्र बैंक, बैंक तथा बीमा कम्पनीहरु एवं आयात तथा निर्यातकर्ताहरुबीच आपसी समन्वय आवश्यक रहेको बताए ।

इन्कोटम्र्स २०२० ले क्रेता र विक्रेताबीचको जिम्मेवारी, जोखिम र लागत स्पष्ट रुपमा निर्धारण गर्न महत्वपुुर्ण भूूमिका निर्वाह गर्ने उनको विश्वास छ । नेपालको विद्यमान आयात निर्यातको अभ्यास एवं अन्तराष्ट्रिय रुपमा मान्य मापदण्डहरुबीच ज्ञान आदान प्रदान गर्न इन्कोटम्र्स २०२० महत्वपुुर्ण भएको उनको भनाइ छ ।

हीरक जयन्ती मुुल समारोह समितिका सभापति श्रेष्ठले भने, ‘भारत तथा चीनजस्ता छिमेकी मुुलुुकहरुसँग स्थलमार्ग मार्फत नेपालले आयात निर्यात गर्ने गरेको छ, तर यी व्यापारिक कारोबार गर्ने क्रममा समुुन्द्री ढुुवानीका लागि प्रयोग हुने इन्कोटम्र्सहरु स्थलमार्गको व्यापारमा प्रयोग हुँदा सरोकारवालाबीचको स्पष्ट बुुझाईको अभावमा लेनदेन तथा भन्सार प्रक्रिया र बैङिकङ कारोबारमा भने समस्या उत्पन्न हुने गरेको छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले इन्कोटम्र्स २०२० प्रयोगका क्रममा साना मझौला तथा नयाँ व्यवसायीहरुमा सचेतना तथा प्राविधिक ज्ञानको अभाव रहेको बताए । उनले भने, ‘नेपालमा इन्कोटम्र्स २०२० सम्बन्धि औपचारिक तालिम वा सचेतना कार्यक्रमहरु सिमित छन्, कतिपय अवस्थामा आयात निर्यात कर्तासँगै भन्सार तथा व्यापार सहजीकरणमा संलग्न कर्मचारीमा समेत यसको जानकारीमा कमि देखिन्छ ।’

अध्यक्ष अग्रवालले नेपाल भूुपरिवेष्ठित देश भएकाले कमजोर यातायात पूर्वाधार र कोलकोत्ता तथा विसाखापट्नम जस्ता भारतीय बन्दरगाहहरुमा निर्भर रहनुुपर्दा ढुुवानीसँग सम्बन्धित इन्कोटम्र्सको प्रयोग भने जटिल बनेको बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...
spot_img