Thursday, July 9, 2026
spot_img

भद्रपुर दुर्घटनाबारे नयाँ तथ्य: बुद्ध एयरका ‘को–पाइलट’ले उडाइरहेका थिए जहाज

spot_img

झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते बुद्ध एयरको जहाज दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा मानवीय क्षति नभएपनि प्राप्त विवरण र नियामक निकाय स्रोतका अनुसार गम्भीर त्रुटीका कारण उक्त जोखिम निम्तिएको हो ।

काठमाडौँबाट राती ८ः२३ बजे ५१ जना यात्रु लिएर उडेको उक्त जहाज ९ः०६ बजे भद्रपुर विमानस्थलमा अवतरण त गर्‍यो । तर, जहाजको गती कम भएन । जहाजले धावनमार्ग छोड्यो र खोल्सामा पुग्यो । यद्यपी, आगलागी हुनबाट रोकिएकाले ठूलो मानवीय क्षति भने टर्‍यो ।

को–पाइलटले उडाइरहेका थिए जहाज

५१ जना यात्रु र चालक दलका ४ सदस्य बोकेको उक्त जहाजको ककपिटमा पाइलट शैलेश लिम्बु र को–पाइलट सुशान्त श्रेष्ठ थिए । क्यान स्रोतका अनुसार पाइलट लिम्बु ‘पाइलट इन मोनिटरिङ’को भूमिकामा थिए भने को–पाइलट श्रेष्ठ ‘पाइलट इन फ्लाइङ’को जिम्मेवारीमा थिए । अर्थात्, को–पाइलटले जहाज उडाइरहेका थिए । को–पाइलट श्रेष्ठको उक्त उडान पहिलो रात्रीकालिन उडान भएको स्रोत बताउँछ ।

तर, को–पाइलटले विमान उडाएको भएपनि त्यसको सम्पूर्ण जिम्मेवारी भने पाइलटकै हुने नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को भनाइ छ । ‘को–पाइलटले जहाज उडाउन नपाउने भन्ने हुँदैन, तर कुन समयमा को–पाइलटलाई ‘पाइलट इन फ्लाइङ’को जिम्मेवारी दिने भन्ने विषय नितान्त पाइलटको विवेकमा भरपर्ने कुरा हो’ क्यानका एक अधिकारी भन्छन्, ‘को–पाइलटले उडाएको भएपनि त्यसको सम्पूर्ण जिम्मेवारी पाइलटकै हुन्छ ।’

तर, श्रेष्ठ नयाँ को–पाइलट भने नरहेको क्यानको दाबी छ । ‘ट्रेनी को–पाइलट’, ‘जुनियर को–पाइलट’ हुँदै तोकिएका मापदण्ड पूरा गरेर भएको को–पाइलटलाई नयाँ वा अनुभव नभएको भनेर भन्न नमिल्ने क्यानको भनाइ छ । यद्यपी, रात्रीकालिन उडान उनको पहिलो हो वा होइन भन्ने सन्दर्भमा भने छानबिन समितिले नै अनुसन्धान गर्ने बताइएको छ ।

‘जहाज ओभर सुट गराउनुपर्ने थियो भन्ने देखिन्छ’

को–पाइलटले ‘ल्याण्ड’ गराउँदा जहाज ‘मिस एप्रोच’ भएपछि कप्तानले तत्काल निर्णय लिएर जहाजलाई ‘ओभर सुट’ गराउनुपर्नेमा त्यसो नगरिँदा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । क्यान स्रोतका अनुसार टावर (टावरमा कार्यरत एयर ट्राफिक कन्ट्रोल कर्मचारी)ले पनि जहाज ओभर सुट हुन्छ भन्ने नै ठानेका रहेछन् ।

‘भद्रपुर एयरपोर्टको रन–वे जम्मा १९ सय मिटर मात्रै हो । ७२ सिट क्षमताको जहाज ल्याण्ड गराउँदा रन–वेको जहाँनेर जहाजको ल्याण्डिङ गेयरले टेक्नुपर्ने हो, त्यहाँ नटेकेको देखिन्छ’ क्यान स्रोतले भन्यो, ‘उक्त दिन ल्याण्डिङ गेयर जुन विन्दुमा टेकिनुपथ्र्यो, त्योभन्दा २ सय मिटर टाढा गएर मात्रै ल्याण्डिङ गेयरले भुई छोएको देखिन्छ । छोटो रन–वेमा २ सय मिटर भनेको धेरै लामो दूरी हो । यसकारण जहाज ओभरसुट गराउनुपर्ने थियो, तर गरिएन भन्ने देखिन्छ । यसकारण अहिलेसम्मको अनुसन्धान र छानबिनले उक्त दुर्घटना प्योर र कम्प्लिट ह्युमन इरर (पाइलट इरर) हो भन्ने नै देखिन्छ ।’

छानबिन जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले उक्त दुर्घटनाको छानबिन गर्न समिट एयरका वरिष्ठ क्याप्टेन विनोद पुरीको नेतृत्वमा छानबिन समिति बनाएको छ । क्यानले पनि वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

अब समितिले फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर अध्ययन गर्नेछ । ककपिट (पाइलट) र टावरबीचको संवाद पनि अध्ययन गरेर सम्बन्धित अधिकारीहरुसँग आवश्यक बयानसमेत लिनेछ । हाल क्याप्टेन लिम्बु र को–पाइलट श्रेष्ठलाई ‘ग्राउण्डेड’ गरिएको छ ।

के भन्छ बुद्ध एयर ?

को–पाइलटले जहाज उडाउँदा उनको अनुभवको कमीले गर्दा दुर्घटना भएको अनुमान गरिएको सन्दर्भमा बुद्ध एयरले भने छानबिन जारी रहेकाले यसबारे अहिले नै मुख खोल्न उचित नहुने प्रतिक्रिया दिएको छ । ‘क्यानले छानबिन गर्दैछ, छानबिन नसकिँदासम्म हामीले यसबारे बोल्नु उचित हुँदैन’ बुद्धका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कुमार कर्णले भने, ‘हामी आन्तरिक छानबिन पनि गर्दैछौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...
spot_img