कुमारी बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २१ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २१ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।
बैंकमा कर्मचारी संचय कोषको सर्वाधिक ३.१९ प्रतिशत स्वामित्व रहेको छ भने अमी प्रताप जेबी राणाको २.०२ प्रतिशत स्वामित्व रहेको छ। त्यस्त्सी सिटिजन इन्भेष्टमेन्टको १.७१ प्रतिशत, भाटभटेनी सुपरमार्केटको १.४३ प्रतिशत, जानुकी कुमारीको १.३० प्रतिशत, सावित्री गुरुङको १.२० प्रतिशत, तथा हिमालयन लाइफ इन्स्योरेन्सको १.०५ प्रतिशत शेयर स्वामित्व रहेको छ।
बैंकमा सांग्रिला इन्भेष्टमेन्ट र सुमित कुमार अग्रवालको समान ०.९५ प्रतिशत शेयर रहेको छ भने विरेन्द्र कुमार शाहको ०.९१ प्रतिशत, पशुपति मुरारकाको ०.६९ प्रतिशत, गौरी श्रेष्ठको ०.६६ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.६४ प्रतिशत, तथा नारायण प्रसाद श्रेष्ठको ०.६१ प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकमा ओम प्रसाद श्रेष्ठ र मिन बहादुर श्रेष्ठको समान ०.६० प्रतिशत स्वामित्व रहेको छ भने प्रदिप कुमार मुरारका ०.५७ प्रतिशत स्वामित्व रहेको छ।
बैंकमा राम प्रसाद श्रेष्ठ र अनुपम राठीको समान ०.५५ प्रतिशत स्वामित्व रहेको छ भने नविन अग्रवाल ०.५३ प्रतिशत स्वामित्व रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकमा ठूला शेयरधनीको रुपमा जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज भित्रिएको छ। बैंकमा सो कम्पनीको ०.५० प्रतिशत स्वामित्व रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ०.७४ प्रतिशत शेयर स्वामित्व रहेको एनबि ग्रुप नेपाल प्रालि भने हाल ठूला शेयरधनीको सूचीबाट बाहिरिएको छ।













