Sunday, August 16, 2026
spot_img

स्थानीयले रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस १३ गतेदेखि गोरखा तथा लमजुङका आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो।

कम्पनीले गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा नम्बर १,२, र ३ का स्थानीय तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४,५,र ६ का स्थानीयलाई ११ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको छ।  यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २० लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...

नेपालमै बनेको विद्युतीय स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका...

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...
spot_img