Sunday, August 16, 2026
spot_img

पाल्पा सिमेन्टको पहिलो चरणको आईपीओ आजदेखि

spot_img

पाल्पा सिमेन्टले आज पुस २५ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना तथा खानी प्रभावित पश्चिम नवलपरासी र पाल्पाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निकालेको हो । कम्पनीले  स्थानीयलाई १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको छ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा माघ ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  ५ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा पुस ३० गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ।

यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ।  कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ।  कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...

नेपालमै बनेको विद्युतीय स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका...

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...
spot_img