Monday, August 24, 2026
spot_img
spot_img

स्वास्थ्य बीमाको ३८ करोड नपाएपछि त्रि.वि. शिक्षण अस्पताल आर्थिक संकटमा

spot_img

सरकारले स्वास्थ्य बीमा गराएका बिरामीको उपचार पश्चात अस्पतललाई दिनुपर्ने रकम नदिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आर्थिक संकट बढ्न थालेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराएका बिरामीको उपचारबापतको भूक्तानी नपाउँदा आर्थिक संकट झेल्नुपरेको जनाएको छ ।

शिक्षण अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्र पठाउँदै २०७७ सालदेखि हालसम्म अस्पतालले पाउनुपर्ने ३८ करोड रुपैयाँभन्दा बढी रकम नपाएको गुनासो गरेको छ । यदि भूक्तानी नपाए स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने पनि अस्पतालले जनाएको छ ।

‘मासिक ४–५ करोडको बीमा दाबी हुने यस त्रि.वि. शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा विगत २०७७ सालदेखि निरन्तर शिक्षण अस्पतालको रकमलाई नै अन्तिम रकम मानिदिनु भनी विगत २ वर्षदेखि आग्रह गर्दै आएका छौँ । यस त्रि.वि. शिक्षण अस्पताल सरकारी संस्था भएर पनि मासिक १२/१४ करोड स्वयंले नै तलब भत्ता भुक्तानी गर्नुपर्ने यस संस्थामा मासिक डेढ देखि २ करोड स्वास्थ्य बीमा उपचारबाट घाटा व्यहोर्नु परेकोले सो घाटा सधैँको लागि व्यहोर्ने नसकिने जानकारी गराउँदछौँ’ अस्पतालले भनेको छ ।

अस्पतालले प्रति महिना औसत १२ देखि १५ करोड रुपैयाँसम्म खर्च व्यहोर्नुपरे पनि बीमा कार्यक्रमबाट प्राप्त हुनुपर्ने रकम नआउँदा औषधि खरिद, स्वास्थ्य सामग्री आपूर्ति, सेवा प्रदायकलाई भुक्तानी तथा अस्पताल सञ्चालनमा समस्या देखिन थालेको जनाएको छ ।

अस्पताल प्रशासनले पटक–पटक स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको जनाएको छ ।

अस्पतालका अनुसार स्वास्थ्य बीमा गराएका बिरामीहरु उपचारमा आउने क्रम बढ्दो छ । यस अन्तर्गत दैनिक २० देखि २५ लाखसम्म खर्च हुने गरेको अस्पतालको भनाइ छ । बीमाबाट उपचार बापत यस अस्पतालले पाउनु पर्ने बाँकी रकम प्राप्त नभए र अस्पतालको दररेट अनुसार सम्झौता नभए माघ १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन नगर्ने अस्पतालको चेतावनी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...
spot_img