Sunday, July 5, 2026
spot_img

नेपाली बजारमा ‘प्रिमियम लाइफस्टाइल’ मानिएको MAXUS EV को मूल्य संशोधन

spot_img

नेपाली बजारमा MAXUS EV को मूल्य संशोधन भएको छ । कम्पनीले आफ्ना ३ प्रिमियम EV मोडलको मूल्य संशोधन गरेको हो ।

संशोधित मूल्यअनुसार MAXUS eTerron 9 Luxury को मूल्य १ करोड १० लाख, eTerron 9 Premium को मूल्य १ करोड १८ लाख र प्रिमियम इलेक्ट्रिक MPV MAXUS MIFA 7 को मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

ग्राहक पहुँच र सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले MAXUS ले आफ्नो आधिकारिक डिलर सञ्जाल पनि विस्तार गरेको छ । हाल कम्पनीका डिलरहरू काठमाडौं, पोखरा, विराटनगर र बिर्तामोडमा सञ्चालनमा छन् । बुटवल, नारायणगढ र नेपालगञ्जमा नयाँ डिलर सञ्चालनमा ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।

सेवा सुविधातर्फ काठमाडौं उपत्यकामा स्वयम्भू र धोबीघाटमा MAXUS का सेवा केन्द्र सञ्चालनमा आएका छन् । उपत्यका बाहिर पोखरा, विराटनगर र बिर्तामोडबाट पनि सेवा उपलब्ध हुने जनाइएको छ ।

MAXUS eTerron 9 इलेक्ट्रिक पिकअप सेग्मेन्टमा उच्च क्षमताका लागि चिनिन्छ । यसमा ३२५ kW डुअल मोटर छ, जसले ७०० एनएम टर्क जेनेरेट गर्छ । यसमा जडित १०२ kWh ब्याट्रीले ५६० किलोमिटर सम्मको रेञ्ज दिने दाबी गरिएको छ ।

साथै, स्वतन्त्र एयर सस्पेन्सन र एड्जस्टेबल राइड हाइटको सुविधा पनि रहेको छ, जसले अफरोड र खराब सडकमा समेत सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

डिलर तथा सेवा सञ्जाल विस्तारसँगै MAXUS ले नेपालमा सफा र स्मार्ट यातायात प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याइरहेको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...
spot_img