Monday, August 24, 2026
spot_img
spot_img

मेडिसिटी हस्पिटलद्वारा आधिकारिक मस्कट ‘मेडी प्रसाद’ सार्वजनिक, ९५ सयमा Wellness Package

spot_img

नेपालकै पहिलो NABH International मान्यता प्राप्त स्वास्थ्य संस्था नेपाल मेडिसिटी हस्पिटलले नयाँ वर्ष २०२६ को अवसरमा आम नागरिक सामु आधिकारिक मस्कट ‘मेडी प्रसाद’ सार्वजनिक गरेको छ ।

‘मेडी प्रसाद’मार्फत अस्पतालले “गुणस्तरीय स्वास्थ्य सेवा अब तपाईको पहुँचमा’ भन्ने मुल नारासहित अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा सबै नेपालीको पहुँचसम्म पुर्याउने र नेपालीहरुले उपचारका लागि विदेश जानु नपर्ने वातावरण बनाउने बताएको छ ।

बरु नेपाललाई विदेशीहरु समेत उपचारको लागि आउन सक्ने गरि मेडिकल हबको रुपमा विकास गर्दै अगाडि बढ्ने नेपाल मेडिसिटी हस्पिटलका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सिद्धान्तलाई शिरोपर गर्दै यो नयाँ सालदेखि अझ शसक्त बनाउँदै लैजान ‘मेडी प्रसाद’ सार्वजनिक गरिएको हस्पिटलले जनाएको छ ।

यसै क्रममा अस्पतालले मेडी प्रसादमार्फत New Wellness Package 2026 सार्वजनिक गरेको छ । यस Wellness Package अन्तर्गत महिला स्वास्थ्य परीक्षण (Female Health Checkup) र पुरुष स्वास्थ्य परीक्षण (Male Health Checkup) दुवै प्याकेजको शुल्क मात्र ९ हजार ५०० निर्धारण गरिएको छ । जसमा करिब ५० प्रतिशतसम्मको विशेष छुट समावेश गरिएको बताइएको छ ।

विश्वस्तरीय प्रविधि, अनुभवि चिकित्सक टोली तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवासहित सुलभ मूल्यमा स्वास्थ्य परीक्षण गराई नयाँ वर्ष स्वस्थ र सचेत रुपमा सुरु गर्न मेडी प्रसादले सबैमा आग्रह गरेको छ ।

यो विशेष योजना २०२६ जनवरी १ देखि ३१ तारिक सम्म मात्रै रहने हस्पिटलकी सञ्चालक कृति महतोले जानकारी दिएकी छिन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...
spot_img