औषधि उत्पादन गर्ने कम्पनी डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले माघ १० गते बोलाएको साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो।
यस कम्पनीले चितवनमा रहेको आफ्नो उद्योगबाट विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ। कम्पनीको अध्यक्ष युवराज श्रेष्ठ रहेका छन् भने प्रबन्ध संचालक सुशान्त कुमार मुरारका रहेका छन् ।
कम्पनीको अन्य संचालकमा प्रविण दाहाल, मनोज केसी, महेन्द्र बहादुर बानियाँ, नवराज ढकाल, जगन्नाथ ओझा, डा. हरिहर वस्ती र डा. सविना पौडेल रहेका छन् ।









