Sunday, August 16, 2026
spot_img

सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

spot_img

सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीय र  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले लमजुङका स्थानीयलाई १५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ। जस मध्ये लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ६ लाख २० हजार कित्ता र बाँकि ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नम्बर १,४,५,६,७,८, र ९ नम्बर वडाका स्थानीयलाई निष्काशन हुने छ  ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा माघ १० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा पुस २५ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले कुल ३१ करोड  रुपैयाँ बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने छ।

यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ।   यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् । 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?

साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...

नेपालमै बनेको विद्युतीय स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका...
spot_img