Monday, August 17, 2026
spot_img

रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि

spot_img

रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित गोरखा तथा लमजुङका स्थानीय र  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको छ । कम्पनीले गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा नम्बर १,२, र ३ का स्थानीय तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४,५,र ६ का स्थानीयलाई ११ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको छ।  यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा पुस २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख ४२ हजार २ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा पुस १७ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २० लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...

म्यानपावर कम्पनीको आन्दोलन फिर्ता

सरकार सँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता...

वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी

वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...

हालसम्म ११ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ११ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को...
spot_img