Saturday, December 27, 2025
spot_img

नाडाको साधारणसभा सम्पन्न, नयाँ कार्यासमिति चयन गर्न पुस २५ गते चुनाव

spot_img

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र)  सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको नाडाले जनाएको छ।

नाडाका अनुसार संस्थामा हाल नवीकरण भएका कुल १,५४८ सदस्यहरूमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सभा सम्पन्न भएको हो। साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको नाडाले जनाएको छ।
यो संस्थाको विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको नाडाले प्रष्ट पारेको छ ।

सभाले संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ।  आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित गरेको छ। अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको भएको नाडाले जनाएको छ।

संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय सभाले गरेको छ। साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित नाडाले गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img