Sunday, July 5, 2026
spot_img

महासंघ निर्वाचनः वरिष्ठका दाबेदारमध्ये कोही ‘ब्याक’ भए, कोही ‘पर्ख र हेर’मा

spot_img

नेपाल उद्योग वाणिज्य महासंघभित्र चुनावी सरगर्मी बढ्दो छ । हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्दैछन् भने त्यसभन्दा तलका पदमा चुनाव हुँदैछ ।

चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदारहरुमध्ये कोही तयारी तीब्र पार्दैछन् भने कोही ‘साइड’ लाग्न थालेका छन् । खसगरी ठूलो मतभार रहने जिल्ला/नगर र वस्तुगत क्षेत्रमा पकड नभएकाहरु वरिष्ठको दाबेदारीबाट ‘ब्याक’ हुन थालेको महासंघभित्र चर्चा छ ।

रामचन्द्र सांघाई ‘ब्याक’

एक हप्ता अगाडिसम्म हालका उपाध्यक्षहरु हेमराज ढकाल, सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, पूर्व उपाध्यक्षहरु दिनेश श्रेष्ठ र रामचन्द्र सांघाई वरिष्ठ उपाध्यक्षका आकांक्षी थिए । तर, डिसेम्बर दोस्रो हप्तामा भएको महासंघ कार्यसमितिको भियतनाम भ्रमणपछि ‘कोर्स’ परिवर्तन भएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दाबेदारमध्ये रामचन्द्र सांघाई करिब करिब ‘ब्याक’ भइसकेका छन् । गत ५७ औं वार्षिक साधारणसभामा पनि वरिष्ठ उपाध्यक्षमा चुनाव लडेका सांघाई पहिलो चरणमै ‘आउट’ भएका थिए । पहिलो चरणमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.७१ प्रतिशत र रामचन्द्र सांघाईले ३०.४६ प्रतिशत मतभार पाएका थिए । मतभारमा तेस्रो भएका सांघाई पहिलो चरणबाटै बाहिरिएका थिए ।

उनी यसपटक पनि वरिष्ठका आकांक्षी थिए । तर, गत निर्वाचनमा आफ्नो प्यानलमा रहेका व्यक्तिहरुले नै साथ नदिने देखेपछि उनी ब्याक हुने भएका हुन् । सांघाई समूहबाट सुरकृष्ण वैद्यले जिल्ला नगर उपाध्यक्ष र ज्योत्सना श्रेष्ठले एसोसियट उपाध्यक्षमा निर्वाचन जितेका थिए । अहिले यी दूबै जना वरिष्ठ उपाध्यक्षका आकांक्षी छन् । ‘आफ्नै समूह मिलाउन नसक्दा उहाँलाई निर्वाचन लड्न सहज भएन’ स्रोत भन्छ, ‘सायद अध्यक्ष (चन्द्र ढकाल)ले पनि अवस्था अनुकुल छैन भनेर जानकारी दिनुभयो होला । त्यसपछि उहाँ ब्याक हुने मनस्थितिमा पुग्नु भएको देखिन्छ ।’

सांघाई आफैँले भने यसबारे कोही बोलिसकेका छैनन् । यद्यपी, उनले चुनाव लड्नका लागि आफूलाई स्वास्थ्यले साथ नदिन सक्ने भने बताइसकेका छन् ।

ज्योत्सना पनि ‘पर्ख र हेर’कै रणनीतीमा

हाल एसोसियट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षकी आकांक्षी छिन् । तर, उनले अहिले नै उम्मेदवारी घोषणा गर्ने वा केन्द्रीय सदस्यको निर्वाचन परिणाम आएपछि मात्रै मैदानमा उत्रिने भन्ने निर्णय गर्नै सकिरहेकी छैनन् ।

फेरि, जिल्ला नगरमा उनका समर्थक कम छन् । जबकी, ५० प्रतिशत मतभार भएको जिल्ला नगरबाट केन्द्रीय सदस्य मात्रै ४० जना निर्वाचित हुन्छन् । ति ४० मध्ये काठमाडौँका बाहेक अन्य जिल्लाबाट निर्वाचित भएर आएका व्यक्तिले समर्थन नगर्न सक्ने भएकाले उनी अहिलेसम्म ‘पर्ख र हेर’कै रणनीतिमा छिन् ।

‘सायद उहाँ (ज्योत्सना श्रेष्ठ) चुनाव नउठ्न सक्नुहुन्छ । उहाँका लागि वरिष्ठ भन्दा पनि केन्द्रीय सदस्यमा १२ जना महिला पुर्‍याएर महिला उपाध्यक्ष बढी सहज हुने देखिन्छ । उहाँले यसको पनि तयारी गरिरहनु भएको देखिन्छ’ एक जना केन्द्रीय सदस्यले भने, ‘त्यसो हुन सक्यो भने उहाँको व्यवस्थापन पनि हुन्छ । अर्को पटक सिँधै अध्यक्षमा निर्वाचन हुँदा उम्मेदवार बन्नका लागि सजिलो पनि हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...
spot_img