आज सोमबार सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २४ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि हालसम्मकै उच्च पुगेको छ । आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १ सय ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६ सय ३० रुपैयाँ ५० पैसा तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













