माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने भएको हो। कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज मिति तय गरेको छ । पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।













