Sunday, July 5, 2026
spot_img

बुट मोडलमा १४ वटा हाइड्रो बनाउन विद्युत विकास विभागले फेरि माग्यो आशयपत्र

spot_img

विद्युत विकास विभागले बुट मोडलमा १४ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि फेरि आशयपत्र माग गरेको छ। यस अघि आशयपत्र जारी गर्दा आवेदन नपरेपछि विभागले पुस १ गते फेरि योग्य तथा इच्छुक कम्पनीहरुसंग आशयपत्र माग गरेको हो।

विभागले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन नियमावली २०७७ को व्यवस्था अनुसार  ति आयोजना बनाउनको लागि आशयपत्र माग गरेको हो ।  योग्य तथा इच्छुक कम्पनीले २०२६ जनवरी १६ दिउँसो १२ बजेसम्ममा आशयपत्र पेश गरिसक्नु पर्ने छ।

विभागले परेका आशयपत्रलाई मुल्यांकन गरेर योग्य कम्पनीलाई सर्टलिस्ट गर्ने छ । कम्पनी सर्टलिस्ट गर्दा  प्रविधिक क्षमतालाई ३० प्रतिशत, वित्तीय क्षमतालाई अधिकतम ४० प्रतिशत र आयोजना निर्माणको अनुभवलाई ३० प्रतिशतको अंकभार अनुसार गरिने छ।

आशयपत्र पेश गरेपछि विभागले कम्पनीलाई सर्टलिस्ट गर्ने छ। सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। ति मध्ये सबैभन्दा बढी upfront fee पेश गर्नेलाई छनौट हुने छ ।

छनौट हुने कम्पनीलाई विभागले विद्युत ऐन २०४९ र विद्युत नियमावली २०५० को व्यवस्था अनुसार बुट मोडलमा आयोजना निर्माण गर्नको लागि लाईसेन्स प्रदान गर्ने छ।

आशयपत्र माग गरिएका आयोजनामा २.५२ मेगावाटको देखि ६१.०२ मेगावाटसम्मका आयोजना हुन् । यी आयोजना वातावरणीय प्रभाव मुल्यांकन र सम्भाव्यता अध्ययन पनि सम्पन्न भईसकेका आयोजना हुन् ।

कुन कुन आयोजना छन् समावेश ?

  • हुम्ला कर्णाली जलविद्युत आयोजना (६१.०२ मेगावाट) – हुम्ला जिल्ला
  • इङ्खु खोला जलविद्युत आयोजना (२१.४ मेगावाट) – सोलुखुम्बु जिल्ला
  • अपर चमेलिया जलविद्युत आयोजना (५३.८५ मेगावाट) – दार्चुला जिल्ला
  • कवाडी खोला–१ जलविद्युत आयोजना (३३.३ मेगावाट) – हुम्ला र बाजाङ जिल्ला
  • कवाडी खोला जलविद्युत आयोजना (३० मेगावाट) – हुम्ला र बाजुरा जिल्ला
  • जुगाडा बुढीगंगा जलविद्युत आयोजना (१५.५ मेगावाट) – बाजुरा जिल्ला
  • जावा खोला जलविद्युत आयोजना (१५.२५ मेगावाट) – जुम्ला जिल्ला
  • म्याग्दी खोला जलविद्युत आयोजना (१५.२ मेगावाट) – म्याग्दी जिल्ला
  • बुढीगंगा सानो जलविद्युत आयोजना (१०.८५ मेगावाट) – बाजुरा जिल्ला
  • रूपागढ जलविद्युत आयोजना (८.६२५ मेगावाट) – डोल्पा  जिल्ला
  • लुङ्ग्री खोला जलविद्युत आयोजना (६ मेगावाट) – रोल्पा जिल्ला
  • भेरी खोला जलविद्युत आयोजना (४.१ मेगावाट) – जुम्ला जिल्ला
  • न्याउरीगाड जलविद्युत आयोजना (४.०१५ मेगावाट) – जुम्ला जिल्ला
  • डोटीगाड जलविद्युत आयोजना (२.५२ मेगावाट) – डडेल्धुरा जिल्ला
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...
spot_img