आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २१ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ५ सय २० रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।













