Sunday, July 5, 2026
spot_img

सोप्पानले भेट्यो विद्युत प्राधिकरणका एमडी, तत्काल सोलार आयोजनाको अक्सन खुलाउन आग्रह

spot_img

सौर्य ऊर्जा उत्पादकहरुको संस्था सोलार पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (सोप्पान) ले नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग भेट गरेको छ। एसोसिएसनका अध्यक्ष डा. सन्दिप शाहको नेतृत्वको टोलीले शाक्यलाई बधाई दिँदै उनको कार्यकालका लागि पूर्ण समर्थन शुभकामना व्यक्त गरेको छ।

 भेटका क्रममा सोप्पान कार्यकारिणी समितिका सदस्यहरूले सौर्य ऊर्जा उद्योगका प्रमुख प्राथमिकताहरू उठान गर्दै विभिन्न विषयमा निकास दिनको लागि कार्यकारी निर्देशक शाक्यसँग आग्रह गरेका छन् ।

जसमा एसोसिएसनले सौर्य उर्जाको पीपीएको लागि १ हजार मेगावाट भन्दा बढीको लक्ष्य राखेर तत्काल सोलार आयोजनाको अक्सन तत्काल खुलाउन आग्रह गरेक छ।  एसोसिएसनले राष्ट्रिय ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको  हिस्सा बढाउनको लागि हाल विद्यमान १० प्रतिशतको सीमा हटाउन पनि आग्रह गरेको छ। त्यस्तै  उत्पादन अनुमतिपत्र र विद्युत खरिद सम्झौता (पीपीए) को अवधि कम्तीमा ३५ वर्षसम्म लम्ब्याउन आग्रह गरेको छ।

त्यस्तै एसोसिएसनले विशेष गरि भ्याटको विषयमा र अन्य कर नीति व्यवहारिक, निष्पक्ष र पूर्वानुमान योग्य हुने गरि उर्जा मन्त्रालयका विभिन्न निर्देशिकाहरु संशोधन गर्न आग्रह गरेको छ ।  वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को थ्रेसहोल्ड संशोधन गर्दै ५० मेगावाटभन्दा माथिका सौर्य आयोजनामा मात्र ईआईए अनिवार्य गर्न एसोसिएसनले आग्रह गरेको छ।

 ट्रान्सफर्मर तथा सहायक उपकरणहरूको पूँजीकरण लागत गणनाका लागि पारदर्शी र आर्थिक रूपमा आधारित विधि अपनाउन समेत एसोसिएसनले आग्रह गरेको छ। सिँचाइसँग समबन्धित निकायबाट प्रदान हुने नो-अब्जेक्सन प्रक्रियालाई सरलीकृत गर्न र सम्भव भएसम्म कृषि र सोलार आयोजनालाई सम्भव भएसम्म एकिकृत गर्ने व्यवस्था गर्न एसोसिएसनले आग्रह गरेको छ।

 सबै नयाँ सौर्य आयोजनामा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) अनिवार्य रूपमा समावेश गर्ने र यसका लागि  व्यवहारिक रुपमा बीईएसएस ट्यारिफ तोक्न पनि एसोसिएसनले आग्रह गरेको छ। व्यावसायिक तथा औद्योगिक स्थापनाका लागि १ मेगावाटसम्म वितरित ऊर्जा उत्पादन र नेट मिटरिङलाई प्रोत्साहन गर्न पनि एसोसिएसनले प्राधिकरणसमक्ष आग्रह गरेको छ।

सोप्पानका अध्यक्ष डा. सन्दीप शाहले ग्रिड-जडित सौर्य ऊर्जाको रणनीतिक महत्वलाई जोड दिँदै आरओआर तथा पीआरओआर जलविद्युत्सँग यसको पूरक भूमिका रहेको बताए। उनले जलविद्युत उत्पादनमा मौसमी विविधताका कारण हुने अस्थिरतामा सौर्य ऊर्जाले स्थिरता प्रदान गर्ने र बीईएसएस तथा पम्प्ड स्टोरेज हाइड्रोले ऊर्जा सुरक्षा तथा ग्रिड स्थिरता बढाउने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सोप्पानको सक्रिय संलग्नताको प्रशंसा गर्दै छलफलमा उठेका प्राविधिक तथा व्यावसायिक विषयबारे आफुले बुझेको उल्लेख गरे। उनले केही विषयहरु ऊर्जा मन्त्रालय तथा विद्युत नियामक आयोगको क्षेत्राधिकारमा परे पनि प्राधिकरणको अधिकारभित्रका विषयहरूलाई सौर्य विकास तथा समान विद्युत पहुँच सुनिश्चित गर्न सक्रियतापूर्वक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिनिधिमण्डलमा अध्यक्ष डा. सन्दीप शाह, उपाध्यक्ष निखिल राज, महासचिव प्रवीन अर्याल तथा सदस्यहरू प्रशान्त प्रताप शाह, पद्मा गुरुङ, गौरव पौडेल र अपार न्यौपाने सहभागी थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...
spot_img