मैलुङ खोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ३७ करोड ६३ लाख १९ हजार ८ सय रुपैयाँको १:०.७० अनुपातमा ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले आयोजना निर्माण गर्दा लिएको ऋण तिर्न हकप्रद निष्काशनको प्रस्ताव गरेको हो।
कम्पनीले आगामी साधारणसभामा हकप्रद सम्बन्धि प्रस्ताव लैजाने छ। कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ।













