Friday, August 7, 2026
spot_img

हाइड्रो इम्पाएरको साधारणसभा सम्पन्न, कम्पनीलाई पब्लिक बनाउने विशेष प्रस्ताव पारित

spot_img

हाइड्रो इम्पाएर प्रालिको साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष काजी लामाको अध्यक्षतामा आज बिहिबार साधारणसभा सम्पन्न भएको हो।

सभाले  आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आ.व. २०८१÷०८२ को लेखापरिक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु पारित गरेको छ। त्यस्तै आर्थिक वर्ष २०८२÷०८३ का लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोकेको छ।

सभामा कम्पनीद्वारा प्रवद्र्धित माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको हालसम्म भएको प्रगतिबारे छलफल भई प्रगति विवरण पारित गरेकोछ। आयोजनाको निर्माणका क्रममा हालसम्म सम्पन्न भएका सम्पुर्ण ठेक्का÷सम्झौताहरु पनि सभाले अनुमोदन गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीलाई प्रालिबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पारित भएको छ । पब्लिक लिमिटेड कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी निर्धारण गरी प्रबन्धपत्र एवं नियमावली मस्यौदा गरी सोलाई स्विकृत गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।

यस कम्पनीले म्याग्दीको धवलागिरि गाउँपालिकामा ४६ दशमलव २५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको हो । आयोजनाको अनुमानित लागत रु आठ अर्ब ४६ करोड रहेको छ । आयोजनाले विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img