सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २५ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पेश हुन लागेको हो।
सभामा विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, आईपीओबाट संकलित रकमको सदुपयोगबारे निर्णय गर्ने र आइपीओ निष्काशन तथा शेयर सूचीकरणको लागि गर्नु पर्ने सम्पूर्ण कार्यको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन्।
यस कम्पनीले संखुवासभामा ६ मेगावाट क्षमताको सुपर हेवा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ वैशाख १ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष हर्क बहादुर तामाङ हुन् भने प्रबन्ध संचालकमा निमा वान्गेल लामा रहेका छन् । अन्य संचालकमा जगदीश कुमार अग्रवाल, राम बहादुर अर्याल, र बिरेन्द्र केसी रहेका छन् । कम्पनीको सीइओ श्रीराम दाहाल हुन् भने सुरेन्द्र श्रेष्ठ कम्पनी सचिवको रुपमा रहेका छन् ।









