Sunday, March 15, 2026
spot_img

माघ १४ देखि काठमाडौँ महोत्सव आयोजना हुँदै, यस्ता छन् आकर्षण

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (NCICK) ले “काठमाडौँ महोत्सव २०८२ – Kathmandu Business Expo 2026 ” आयोजना गर्ने भएको छ। संघले २०८२ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको ऐतिहासिक स्थान भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा महोत्सव गर्न लागेको हो ।

नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकिय केन्द्रका रूपमा रहेका काठमाडौँ उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्न उद्देश्यका साथ यो महोत्सव आयोजना गर्ने लागिएको संघले जनाएको छ ।

संघका अनुसार करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड- फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला-संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिनेछ, जसमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।

संघका अनुसार स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स/होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि ट्राभल एण्ड टूर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यवसायिक क्षेत्रहरूबाट महोत्सवमा सहभागिता रहनेछ। जसले महोत्सवलाई बृहत् राष्ट्रिय व्यापारिक मन्यमा रूपान्तरण गर्ने विश्वास लिएको संघले जनाएको छ।

अवलोकनकर्ताहरूमा सर्वसाधारण, उद्यमी, व्यवसायी, युवा उद्यमी विद्यार्थी स्टार्टअपहरू पर्यटक, फुड लवर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात-निर्यात व्यवसायी, रिटेलर तथा कला-संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता संघले जनाएको छ।

महोत्सवको Title Sponsor, Diamond Sponsor, Gold Sponsor, Silver Sponsor, Exhibition Partner तथा विशेष Supporting Packages सहितका प्रायोजन अवसरहरू खुल्ला गरिएको संघले जनाएको छ। जसमा सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टिभी / रेडियो तथा प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर, ग्राउन्ड एक्टिभेशन लगायतका विस्तृत प्रचार-प्रसार सुविधाहरू प्रदान गरिने संघले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघ निर्वाचनः सांघाईले अन्जन समर्थित टिम ‘हाइज्याक’ गरेको चर्चा, चुलियो असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष (गत निर्वाचनमा वरिष्ठ...

रास्वपाले आज ५७ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज समानुपातिक सांसदको नाम टुंगो...

सानिगाड हाइड्रोले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रो लिमिटेडले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ...

तोलामा ४८ सयले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

स्थानीयले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

हकप्रद निष्काशनको लागि राप्ती हाइड्रोले चयन गर्यो बिक्री प्रबन्धक

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनको लागि...
spot_img