आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १६ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा एकैपटक ५५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ५ रुपैयाँ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय ६२ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।













