Tuesday, August 18, 2026
spot_img

नेपालमा खुल्यो अमेरिकी कम्पनी Veel को कार्यालय, कन्टेन्ट क्रिएटरलाई विश्वका ब्रान्डहरूसँग जोड्ने

spot_img

नेपालमा अमेरिकी कम्पनी Veel app को कार्यालय उद्घाटन भएको छ। नेपालको लागि अमेरिकी राजदुत डीन थम्पसनले आज अमेरिकी कम्पनी Veel app को काठमाडौंस्थित कार्यालय र नयाँ उत्पादनहरूको उद्घाटन गरेका हुन्।

यो कम्पनीको स्थापना नेपाली अमेरिकी उद्यमी दिलीप ढकालले गरेका हुन् ।  Veel ले कन्टेन्ट क्रिएटरहरूलाई विश्वका प्रमुख ब्रान्डहरूसँग जोड्छ र अमेरिकी क्रिएटरहरू तथा अमेरिकन तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने उपकरणहरू प्रदान गर्छ। यसबाट उनीहरूको नाफा र प्रभाव दुवै बढाउँने कम्पनीले जनाएको छ। कम्पनीले अहिले अमेरिका र नेपाल दुवै ठाउँमा रोजगारी दिएको छ र अझै रोजगारीका अवसरहरू विस्तार गर्ने उल्लेख अग्रेको छ।

राजदूत थम्पसनले अमेरिका र नेपालबीचको बलियो टेक साझेदारीको उल्लेख गर्दै Veel जस्ता अमेरिकी कम्पनीहरूले नेपालमा उत्कृष्ट अवसर पाउँने बताए । जसले उनीहरूको व्यवसायिक सेवाहरूलाई अझ प्रभावकारी बनाउँने राजदुतले उल्लेख गरे ।  उनले यस्ता व्यवसायहरूले अमेरिकी क्रिएटरहरूलाई अझ उत्पादनशील र लाभदायी बन्न मद्दत गर्ने, र नेपालमा निजी क्षेत्रद्वारा सञ्चालित आर्थिक वृद्धिमा पनि योगदान पुर्‍याउँने बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img