नेपालमा अमेरिकी कम्पनी Veel app को कार्यालय उद्घाटन भएको छ। नेपालको लागि अमेरिकी राजदुत डीन थम्पसनले आज अमेरिकी कम्पनी Veel app को काठमाडौंस्थित कार्यालय र नयाँ उत्पादनहरूको उद्घाटन गरेका हुन्।
यो कम्पनीको स्थापना नेपाली अमेरिकी उद्यमी दिलीप ढकालले गरेका हुन् । Veel ले कन्टेन्ट क्रिएटरहरूलाई विश्वका प्रमुख ब्रान्डहरूसँग जोड्छ र अमेरिकी क्रिएटरहरू तथा अमेरिकन तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने उपकरणहरू प्रदान गर्छ। यसबाट उनीहरूको नाफा र प्रभाव दुवै बढाउँने कम्पनीले जनाएको छ। कम्पनीले अहिले अमेरिका र नेपाल दुवै ठाउँमा रोजगारी दिएको छ र अझै रोजगारीका अवसरहरू विस्तार गर्ने उल्लेख अग्रेको छ।
राजदूत थम्पसनले अमेरिका र नेपालबीचको बलियो टेक साझेदारीको उल्लेख गर्दै Veel जस्ता अमेरिकी कम्पनीहरूले नेपालमा उत्कृष्ट अवसर पाउँने बताए । जसले उनीहरूको व्यवसायिक सेवाहरूलाई अझ प्रभावकारी बनाउँने राजदुतले उल्लेख गरे । उनले यस्ता व्यवसायहरूले अमेरिकी क्रिएटरहरूलाई अझ उत्पादनशील र लाभदायी बन्न मद्दत गर्ने, र नेपालमा निजी क्षेत्रद्वारा सञ्चालित आर्थिक वृद्धिमा पनि योगदान पुर्याउँने बताए ।












