आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १५ हजार ९ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ६ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८७ रुपैयाँ तोकिएको छ ।













