आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १६ हजार ८ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७४ रुपैयाँ तोकिएको छ ।













