Saturday, August 29, 2026
spot_img
spot_img

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

लघुवित्तले पुस ४ गते शुक्रबार धुलिखेलको होटेल अरनिको होटेलमा साधारणसभा बोलाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले विशेष प्रस्ताव अन्तर्गत मर्जर समबन्धि प्रस्ताव पनि लैजाने भएको छ। जस अनुसार सभामा संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्वन्धी प्रक्रिया अगाडि वढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ । साथै संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन ( Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...