टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा गरेको छ । कम्पनीले “Greatest Offer of All Time” अफर घोषणा गरेको हो ।
यो अफर अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार अप्सन पाउने छन् । जसमध्ये ग्राहकले जोडीका लागि बाली भ्रमण, iPhone 17 Pro Max वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
योजनामा एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समेटिएका छन् । यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो.ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको रोजाईमा पर्न सफल भएको छ । किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.ईभीको सुरूवाती मुल्य २७ लाख ४९ हजार मात्रै रहेको छ।













