आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १६ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४८ रुपैयाँ तोकिएको छ ।













