Tuesday, August 25, 2026
spot_img
spot_img

वाइवाइद्वारा क्रिकेट संघलाई १० लाख रूपैयाँ हस्तान्तरण 

spot_img
चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ । आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइ वाइले प्रत्येक रनका लागि रू. १ हजार, प्रत्येक चौकाका लागि रू. ८ हजार, प्रत्येक छक्काका लागि रू. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरि प्रत्येक विकेटका लागि रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रू. ३० लाख उपलब्ध गराउने वाइ वाइको घोषणा
थियो ।
सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि रू. ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रू. ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो ।
बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहवीच सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त अवसरमा बोल्दै सिइओ पुडासैनीले टी–२० विश्वकपमा सहभागि राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए । ‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ । अहिले हाम्रो राष्ट्रिय टिम टी–२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धी मान्छु’, पुडासैनीले भने, ‘निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधी सहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि उनले दिए।
उक्त अवसरमा बोल्दै क्यानका सचिव पारस खड्काले नेपालीे क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पु¥याउँदै आएको योगदान उच्च रहेको बताए। वाइ वाइले प्रायोजन गरेको यू–१९ प्रतियोगितमा आफुले वाइ वाइ को जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका खड्काले स्मरण गरे।
नेपाल आईसिसि टि–२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण हुने छ ।
यसैगरि वाइ वाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट ’Predict & Win Contest’ सञ्चालन गरेको थियो । जस अन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः रू. १ लाख, रू. ५० हजार, रू. २५ हजार तथा Tournament Prediction अन्तर्गत ४ जना प्रत्येक विजेतालाई रू. १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको छ।
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img