आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १७ हजार १ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार १ सय ८ रुपैयाँ तोकिएको छ ।













