Wednesday, August 26, 2026
spot_img
spot_img

होटेल सब्रिनाको आईपीओ निष्काशन प्रस्ताव धितोपत्र बोर्डको पाईपलाइनमा समावेश

spot_img

नेपाल धितोपत्र बोर्डले होटेल सब्रिना लिमिटेडको आईपीओ निष्काशन प्रस्ताव आफ्नो पाईपलाइनमा समावेश गरेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि दिएको आवेदन नेपाल धितोपत्र बोर्डले  असोज ७ गते दर्ता गरेको थियो।

कम्पनीले परिपालना प्रतिवेदन बुझाएपछि धितोपत्र बोर्डले मङ्सिर १६ गते कम्पनीको आईपीओ निष्काशन प्रस्ताव आफ्नो पाईपलाइनमा समावेश गरेको छ । कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनको लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

यस कम्पनीले काठमाडौंको बुढानिलकण्ठमा होटल सब्रिना संचालन गरिरहेको छ।  कम्पनीले होटेल संचालनको लागि अन्तराष्ट्रिय ब्राण्ड गोल्डेन ट्युलिप लुभ्रसँग फ्रेन्चाईज सम्झौता गर्ने तयारी गरेको छ । कम्पनीले पुस ७ गते बोलाएको साधारणसभामा Golden Tulip Louvre सँग सम्झौता गर्ने प्रस्ताव पेश हुन लागेको हो । यस अघि होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको थियो। अब भने कम्पनीले अर्को अन्तराष्ट्रिय ब्रान्डसँग सम्झौता गर्न लागेको हो।

कम्पनीले बोलाएको साधारणसभामा पाँच तारे होटेलको लागि लाईसेन्स लिने र पाँचतारे होटेलको मापदण्ड अनुसारको भौतिक संरचना निर्माण गर्नको लागि आवश्यक कार्य गर्ने प्रस्ताव पनि पेश हुने छ।  पाँचतारे होटेलमा अपग्रेड हुनको लागि वातावरणीय प्रभाव मुल्याकनको काम पनि कम्पनीले गरिरहेको छ। कम्पनीले पाँचतारे होटेलमा अपग्रेड  सम्पन्न भएपछि यो होटेलमा १२० कोठा हुने प्रस्ताव गरिएको छ।

 

कम्पनीका अध्यक्ष  निराजन थापा हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...