Wednesday, May 6, 2026
spot_img
spot_img

५३ प्रतिशतले बढ्यो दुसित थानी हिमालयन रिर्सोटको व्यापार, लागत बढ्दा समस्या

spot_img
spot_img

दुसित थानी हिमालयन रिर्सोट संचालन गरिरहेको ओमस्टोन होटेल्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ६० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ५३.७२ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको ब्यापार १२ करोड १० लाख रुपैयाँ थियो।

यस कम्पनीले काभ्रेपलाञ्चोक स्थित पात्लेखेत, धुलिखेलमा पाँच तारे दुसित थानी हिमालयन रिर्सोट संचालन गरिरहेको छ । जुलाई २०२३ बाट आंशिक रुपमा संचालनमा आएको यो रिसोर्ट गत मार्च २०२५ बाट पूर्ण रुपमा संचालनमा आएको छ । रिसोर्टले ५४ कोठा र १८ भिल्लाबाट सेवा दिइरहेको छ। यो रिसोर्ट थाईल्याण्डको होटेल ब्राण्ड brand Dusit International को flagship luxury रिसोर्ट हो । brand Dusit International संग १० वर्षको सम्झौता भएको छ ।

यो रिसोर्ट उच्च लागतमा बनेको हो। रिसोर्टको प्रति कोठा लागत ४ करोड ३० लाख रहेको छ, सुरुवाति लागत अनुमान भने प्रति कोठा २ करोड ६० लाख थियो। कुल लागतको ६८ प्रतिशत ऋण मार्फत जुटाईएको छ।  आर्थिक वर्ष २०८०/८१ मा रिसोर्टको अकुपेन्सी २६ प्रतिशत मात्र रहेको छ, अघिल्लो आर्थिक वर्ष भने रिसोर्टको अकुपेन्सी २२ प्रतिशत मात्र थियो।

हाल कम्पनीको ऋण बढी रहेकोले समयमै आईपीओ निष्काशन हुन सकेमा कम्पनीलाई राहत हुने देखिएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटलसंग सम्झौता गरिसकेको छ । यस रिसोर्टले हाल ठूलो घाटा बेहोरिरहेको छ र कम्पनीको इक्विटी पनि ५० प्रतिशतले क्षयीकरण भईसकेको उल्लेख छ। जसले आईपीओ र प्रि आईपीओमा समस्या पार्ने विश्लेषण गरिएको छ। यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा घाटा भने घट्दै गएको देखिन्छ ।

यस रिसोर्टका मुख्य शेयरधनी विष्णु मोर हुन् । भारतीय नागरिक रहेका उनले दुबईबाट व्यवसाय गर्दै आएका छन् । उनको मुख्य लगानी भारतमा खाने तेलको रहेको छ। त्यस्तै रिसोर्टका अन्य लगानीकर्तामा राधिका भेजिटेबल ओएल्स प्रालि, राजेन्द्र कुमार काब्रा, आशिष कुमार गोयल र रमेश हमाल छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img