राष्ट्र बैंकले बाढी तथा पहिरो प्रभावित जिल्लाका उद्यमी व्यवसायीलाई कर्जाको पुनरसंरचना/पुनरतालिकीकरणको सुविधा दिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हालैको बाढी/पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि एकपटकका लागि कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो । यसका लागि ऋणी उद्यमी व्यवसायीहरुले प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज भने तिर्नुपर्ने छ ।
‘हालैको बाढी÷पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ’ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ ।













