रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार निष्काशनकर्ता कम्पनीको मङ्सिर १४ गतेको संचालक समितिको बैठकले शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार लिलामीमा ल्याईएको शेयरको कटअफ मूल्य ३१८.१० रुपैयाँ कायम भएको छ। यो मूल्य भन्दा माथिको मूल्य कबुल गरि आवेदन दिने सबैले शेयर पाएका छन् । यहि मूल्यमा आवेदन दिनेले भने सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर पाएका छन् । क्यापिटलले लिलाममा नपरेको शेयरको रकम आज मङ्सिर १५ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत फिर्ता गर्ने जनाएको छ ।
कम्पनीले कार्तिक २६ गतेदेखि मङ्सिर ३ गतेसम्म हकप्रदमा अवितरित १० लाख कित्ता बढी शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको १० लाख ३८ हजार ९ सय २४ कित्ता हकप्रद शेयर लिलाममा ल्याएको थियो।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो।












