आज बिहिबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १२ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३२ सय ८० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय १२ रुपैयाँ तोकिएको छ ।













