बोटलर्स नेपालको दुई वटै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने भएका छन् । बोटलर्स नेपाल तराई लिमिटेड र बोटलर्स नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने भएका हुन् ।
दुवै कम्पनीको मङ्सिर १० गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । दुवै कम्पनीले साधारणसभाको मिति पनि तय गरेका छन् ।
दुवै कम्पनीले पुस २३ गते साधारणसभा बोलाएका छन् ।











