ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मङ्सिर १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ८.०३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।











