सिटी होटल लिमिटेडले लिलामीमा ल्याएको शेयरको शिलबन्दी बोलपत्रहरु आज शुक्रबार खोलिने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज मङ्सिर ५ गते शुक्रबार बिहान ९ बजेदेखि क्यापिटलको कमलादी स्थित कार्यालयमा बोलपत्र खोल्ने जनाएको हो।
कम्पनीले कार्तिक २३ गतेदेखि कार्तिक ३० गतेसम्म हकप्रदमा अवितरित २१ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा बिक्री नभएको २१ लाख ५० हजार ४ सय १८ कित्ता हकप्रद शेयर लिलाममा ल्याएको हो।
यी शेयर मध्ये संस्थापक समूहको १९ लाख ८९ हजार ९ सय ९९ कित्ता, कर्मचारी समूहको ६ हजार कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ४ सय १९ कित्ता शेयर थिए । जसमा संस्थापक समूहको शेयर र कर्माचारी समूहको शेयर लकइनमा रहेका शेयर हुन् । जसको लक्इन अवधि २०८३ जेठ ४ गतेसम्म रहेको छ ।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।












