Monday, June 22, 2026
spot_img

क्यासिनोलाई सरकारको १२ बुँदे निर्देशन: अनलाइनबाट खेल खेलाउन नपाउने

spot_img
spot_img

सरकारले इजाजत पत्र क्यासिनोलाई १२ बुँदे निर्देशन दिएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले कार्तिक २९ गते क्यासिनोहरुलाई १२ बुँदे निर्देशन दिएको हो ।

क्यासिनोहरुले कानुन बमोजिम पालना गर्नुपर्ने शर्त, मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना हुने नगरेको जस्ता गुनासो र उजुरी आएको भन्दै विभागले निर्देशन जारी गरेको हो । जारी निर्देशनको साथै क्यासिनो कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५, क्यासिनो नियमावली, २०८२ मा उल्लिखित व्यवस्थाहरु पालना गर्न विभागले भनेको छ।

विभागले दिएको निर्देशन अनुसार क्यासिनोहरुले  इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन पाउने छैनन् । साथै क्यासिनोले क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी CCTV Camera को अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने छ ।

क्यासिनोले आकस्मिक लाभ कर कट्टी गरेपछि खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउन र सोको जानकारी पर्यटन विभागमा पनि दिन विभागले निर्देशन दिएको छ ।

यस्ता छन् विभागले दिएको १२ बुँदे निर्देशन :

१. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्ण रूपमा पालना गर्नुपर्ने,

२. नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने,

३. क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी ( सूचक संस्था ) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ मोजिमको विवरण नियमित रुपमा विभागमा पेश गर्ने,

४. क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरू तोके अनुरूप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने,

५. क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी CCTV Camera को अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने,

६. तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिका ( सब कन्ट्र्र्याक्ट) बाट क्यासिनो सञ्चालन गर्न नपाइने,

७. इजाजत दिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा क्यासिनो सञ्चालन गर्न पूर्णरुपमा प्रतिवन्ध हुने,

८. इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभ कर अग्रीम रुपमा कट्टी सोही दिन गर्नुपर्ने,

९. आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनुपर्ने र सोको जानकारी यस विभागमा दिनुपर्ने,
१०. इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन प्रतिवन्ध हुने,

११. क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभुति,

१२. कानुन बमोजिम स्थानीय सुरक्षा निकायहरुका निर्देशनहरुको पूर्ण परिपालना गर्नुपर्ने ।

नेपाल ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरूस्त नपाइएमा तत्काल कानुन बमोजिम कारबाही हुने समेत पर्यटन विभागले प्रष्ट पारेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

प्राइम कमर्शियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

प्राइम कमर्शियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने...

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...
spot_img