युरोपेली छनोटको अन्तिम चरणमा रोमाञ्चक नतिजाहरू आउँदै गर्दा नर्वे, जर्मनी र नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान पक्का गरेका छन्।
नर्वेले आइतबार इटालीविरुद्ध ४–१ को सहज जित हासिल गर्दै समूह ‘आई’ को शीर्ष स्थान कायम राख्यो। एर्लिङ हलान्डको दुई गोल र जोर्गेन स्ट्रान्ड लार्सेनको अन्तिम समयको गोलले नर्वेलीहरूलाई १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किने अवसर दियो।
यसैगरी, सोमबार जर्मनीले समूह ‘ए’ मा स्लोभाकियालाई ६–० को हराउदै विश्वकपमा स्थान पक्का गर्यो। फ्लोरियन विर्ट्ज र निक वोल्टेमेडे जस्ता नयाँ पुस्ताका खेलाडीहरूको नेतृत्वमा जर्मनीले आफ्नो पाँचौं विश्वकप उपाधि दाबी गर्ने सपना बोकेको छ।
नेदरल्यान्ड्सले पनि सोमबार लिथुआनियाविरुद्ध ४–० को जितसँगै समूह ‘जी’ को विजेता बनेर विश्वकपमा स्थान सुनिश्चित गरेको छ। पोल्यान्डसँग कडा प्रतिस्पर्धापछि अन्तिम दिनको यो जितले डच टिमलाई १९७४, १९७८ र २०१० पछि फेरि उपविजेताको खोजीमा लैजानेछ।
आगामी विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म उत्तर अमेरिकामा आयोजना हुनेछ। जसमा कुल ४८ टिमहरू सहभागी हुनेछन्।
हालसम्म विश्वकपको लागि निम्न ३४ टिमले विश्वकपमा स्थान पक्का गरेका छन्
- क्यानडा
- मेक्सिको
- संयुक्त राज्य अमेरिका
- जापान
- न्युजिल्यान्ड
- इरान
- अर्जेन्टिना
- उज्बेकिस्तान
- दक्षिण कोरिया
- जर्डन
- अष्ट्रेलिया
- ब्राजिल
- इक्वाडोर
- उरुग्वे
- कोलम्बिया
- प्याराग्वे
- मोरक्को
- ट्युनिसिया
- इजिप्ट
- अल्जेरिया
- घाना
- केप भार्डे
- साउथ अफ्रीका
- कतार
- इंग्ल्यान्ड
- साउदी अरेबिया
- आइभोरी कोस्ट
- सेनेगल
- फ्रान्स
- क्रोएसिया
- पोर्चुगल
- नर्वे
- जर्मनी
- नेदरल्याण्ड












