शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कर्तिकी ३० गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले मङ्सिर २५ गते साधारणसभा बोलाउने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। म,मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।











