काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको लागि ट्राफिक व्यवस्थापनको टुंगो लगाएको छ । कार्यालयका अनुसार काठमाडौँको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता हेर्नको लागि सवारी साधन लिएर जाने दर्शकका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड , घडी आइल्याण्डको नजिकको ग्राउण्ड,आयुर्वेदिक अस्पताल परिसर, टि.यु.गेटदेखी V.C कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएको छ । VVIP/VIP का सवारी साधनलाई टि.यु. ग्राउण्ड मेन गेट भित्र पार्किङको व्यवस्था मिलाइएको छ ।
जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
हेर्नुस् पार्किंग स्थल :













