Thursday, November 13, 2025
spot_img

स्वस्तिक लघुवित्तको प्रगति: ३ महिनाको नाफा ३९.९१ लाख, बाड्न मिल्ने नाफा १ करोड ८० लाख

spot_img

हालै आईपीओ निष्काशन गरेको स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ३९ लाख ९१ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७ लाख ८७ हजार खुद घाटामा थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५१.५६ प्रतिशतले बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी २१७.४९ प्रतिशतले बढेर २ करोड ३५ लाख पुगेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गतको छुट्याएको रकम बढेर ७६ लाख १३ हजार पुगेको छ।  कम्पनीको संचालन नाफा ५७ लाख १ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ८० लाख रुपैयाँ पुगेको छ  । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ३१.३१ रुपैयाँ रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २७.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५०.०३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १२.७६ प्रतिशत कायम भएको छ।

५ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ करोड ८ लाख रुपैयाँ रहेको छ।

कम्पनीले हालै आईपीओ निष्काशन गरेकोमा गत कार्तिक २५ गतेदेखि कम्पनीको शेयर नेप्सेमा कारोबार भईरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) ले काठमाडौँमा अन्तर्राष्ट्रिय...

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...
spot_img
spot_img
spot_img