Thursday, November 13, 2025
spot_img

हकप्रदपछि सिटी होटेल नाफामा जाने विश्वास, क्यासिनो, नयाँ जिम तथा स्पा सञ्चालनको तयारी

spot_img

हकप्रद निष्काशनपछि सिटी होटल लिमिटेडको घाटा घट्दै जाने र कम्पनीले नाफामुखी यात्रा तय गर्न सक्ने देखिएको छ । हकप्रदपछि कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पार्ने पनि देखिएको छ।

पछिल्लो समय सिटी होटल विशेषगरी चर्को बैंक व्याज तिर्नुपर्ने बाध्यतामा थियो ।  हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले आगामी त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने देखिन्छ । होटलले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउने कम्पनीले उल्लेख गरेको छ। हकप्रद सेयरको लिलामी प्रक्रियामा रहेको होटलले लिलामीबाट प्रिमियम समेत आम्दानी गर्नेछ।

पछिल्लो तीन वर्षयता होटलको व्याज खर्च निरन्तर घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९।८० मा ३५ करोड ३४ लाख र २०८०।८१ मा ३२ करोड ७३ लाख रुपैयाँ ब्याज खर्च रहेको होटलले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो ।

गत वर्ष मात्र सिटी होटलले हायात सेन्ट्रिकसँग सहकार्य गर्दै हायात सेन्ट्रिक ब्राण्डबाट आफ्नो सेवा दिन थालेको थियो । सोभन्दा पहिले होटल हायात प्यालेस ब्राण्डमा सञ्चालनमा थियो । हायात सेन्ट्रिकमा रुपमान्तरण भएसँगै होटलको व्यवसायमा सकरात्मक असर परेको र त्यसले नोक्सान न्युनीकरणमा टेवा दिएको कम्पनीले जनाएको छ ।

नबिकेको शेयर लिलाममा 

सिटी होटलले हकप्रद निष्काशनका क्रममा बिक्री नभएको २१ लाख ५० हजार ४१८ कित्ता सेयरको लिलामी गरिरहेको छ । कात्तिक २३ गते आइतबारदेखि लकइनमा रहेका संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीको ६ हजार कित्ता तथा लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता र सेयर लिलामीमा राखेको हो ।

कम्तीमा १०० रुपैयाँ प्रतिकित्ताको दरमा होटलको सेयरमा कात्तिक ३० गतेसम्ममा आवेदन दिन सकिन्छ । यसका लागि होटलको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा गई आवेदन दिन सकिन्छ । राजधानी बाहिर प्रभु बैंकका बिराटनगर, हेटौंडा, बीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

क्यासिनो सञ्चालनको तयारी

कम्पनीले लाभको यात्रालाई अझ सुदृढ गर्न क्यासिनो सञ्चालनको तयारी गरेको जनाएको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने अवस्था रहने कम्पनीले उल्लेख गरेको छ। होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी गरेको होटलको सेवा दायरा बढ्दा उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्ने अवस्था बन्ने कम्पनीको विश्लेषण रहेको छ।

होटलले आयस्रोत बढाउन सुधारका अन्य विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारीले होटलको दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने बताईएको छ । यसका साथै होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका टोलीहरुलाई आवास र भोजन सेवा उपलब्ध गराउने सहमति गरेको छ, जसबाट होटलको आम्दानीमा प्रत्यक्ष वृद्धि हुने कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) ले काठमाडौँमा अन्तर्राष्ट्रिय...

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...
spot_img
spot_img
spot_img