साहस ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लाभांश घोषणा गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।











