कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर समेत गरी ९.७५ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभाशं प्रदान गर्ने प्रस्ताव गरेको हो। त्यस्तै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय बैंकले गरेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।











